आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा

काठमाडाैं | साउन १५, २०८२

आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा

काठमाडौं:  आईसीसी महिला टी–२० विश्वकप छनोट नेपालमा हुने भएको छ। नेपाल अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ छनोटको आयोजक बनेको हो। 


२०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप  छनोट खेलका लागि १० टोली सहभागी हुनेछन्। उत्कृष्ट ४ टोली विश्वकपमा छनोट हुनेछन्।  


२०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण बंगलादेश र आयरल्यान्ड स्वतः छनोट भइसकेका छन्।  

थाइल्यान्ड र नेपाल एसिया क्षेत्रबाट विश्वकप छनोट खेलका लागि योग्य भएका थिए। अमेरिकाबाट अमेरिकाले यो स्थान सुरक्षित गरेको थियो। 


बाँकी रहेको ५ स्थानका लागि अफ्रिका स्थानका लागि अफ्रिका र युरोपबाट २ टोली छनोट हुनेछन् भने पूर्वी एसिया प्रसान्त क्षेत्रबाट एक टोली छनोट हुनेछ।  


नेपालमा हुने छनोट खेलमा १० टोलीको सहभागी हुनेछ। त्यसलाई ५/५ टोलीको दुई समूहमा विभाजन गरिनेछ। 


त्यसपछि एक सुपर सिक्स स्टेज रहनेछ र फाइनल खेल हुनेछ।  छनोट खेलको तालिका पछि सार्वजनिक गर्ने आईसीसीले जनाएको छ।  

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्